Logo

दिलजानको उपचार पद्धति मेडिकल मापदण्डविपरीत रहेको ठहर



काठमाडौं, १ भदौ । नेपाल मेडिकल काउन्सिलले डा. दिलजान मन्सुरले सञ्चालनमा ल्याएको उपचार पद्धति मेडिकल मापदण्डविपरीत रहेको बताएको छ । डा. मन्सुरले मैतिदेवीस्थित एचडीएफ क्लिनिक सञ्चालन गरेका थिए । जुन क्लिनिक पछिल्लो समय भिआईपी र सेलिब्रेटीहरुको उपचारको गन्तव्य बनेको थियो ।

एकै प्रकारको काउन्सिलिङ गरेको, सबै प्रकृतिका रोगहरुको लागि एउटा खाना भोजना योजना दिएको तथा अन्य चिकित्सकले सिफारिस गरेका औषधिहरुबिना अध्ययन थपघट गरेको भन्दै काउन्सिलले उनको उपचार पद्धतिलाई अवैज्ञनिक ठहर गरेको हो ।

उनले काउन्सिलिङको नाममा विरामीबाट महँगो शुल्क असुल्दै आएका थिए । एक विरामीले बताए अनुसार समूहमा राखेर गरिएको काउन्सिलिङमा पनि उनले प्रतिघण्टा एक जनाबाट १० हजार लिने गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot