Logo

जलवायु परिवर्तनमा नेपालले प्रभावकारी काम गर्न सकेन: वनमन्त्री डा.महतो



काठमाडौं,१ भदौ । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनमा नेपालले प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा वनमन्त्री डा.महतोले कानुन,योजना नभएका कारण जलवायु परिवर्तनमा नेपालले राम्रोसँग काम गर्न नसकेको बताए । उनले अन्तर मन्त्रालय समन्वय नहुँदा पनि जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न अफ्ठ्यारो भइरहेको बताए ।

उनले जंगली जनावरको संख्या बढाए पनि यसको संरक्षणमा चुनौती खडा भएको बताए । मन्त्री महतोले बाघको संख्या उल्लेख्य बढाए पनि संरक्षण गर्न ठूलो चुनौती देखिएको बताए ।

“मुख्य समस्या भनेकै प्रतिवद्धतामाथि प्रतिवद्धता गरेर हो । जंगलमा भएको जनावर र मानिसबीचको जुन द्वन्द्व छ, अहिले प्रश्न के उठ्न थालेको छ भने मान्छे ठूलो कि जनावर ठूलो ? हामीले कसलाई प्राथमिकता दिने ?,” उनले भने, “जनावरले मान्छे मा¥यो भने ठिक छ, तर मान्छेले जनावर मारेपछि जिन्दगीभरि जेलमा बस्नुपर्छ । वन ऐनले त जनावर ठूलो भनेको छ । बाघको संख्या त बढायौं तर, त्यसको संरक्षण गर्न ठूलो चुनौती छ ।” file photo 



प्रतिक्रिया दिनुहोस्