Logo

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन वटा उजुरी



काठमाडौं,१ भदौ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिमा ३ वटा उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिले तोकेको १० दिनको समयमा तीन वटा उजुरी परेको बताइएको छ । समितिले श्रेष्ठविरुद्ध कुनै सबुत प्रमाण भए उजुरी दिन गत साउन २३ गते सूचना आह्वान गरेको थियो ।

साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । श्रेष्ठले हाल सर्वोच्चमा कायम मुकारयम प्रधानन्यायाधीशको जिम्मेवारीसमेत सम्हालिरहेका छन् ।

संसदीय सुनुवाइ समितिले श्रेष्ठसँग सुनुवाइ गरेर नाम अनुमोदन गरेपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । राष्ट्रपति पौडेलबाट नियुक्त भएपछि श्रेष्ठ सर्वोच्चका ३१औं प्रधान न्यायाधीश बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्