Logo

एमालेका यी जनप्रतिनिधि जसले प्रदेश,जिल्ला र पालिका अधिवेशनमा अध्यक्ष र सचिवको उम्मेदवार बन्न पाउँदैनन्



काठमाडौं,१ भदौ । नेकपा एमालेको आउँदो प्रदेश, जिल्ला र पालिका अधिवेशनमा जनप्रतिनिधिहरु प्रमुख पदका लागि उमेदवार बन्न नपाउने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत सोमबार बसेको सचिवालय बैठकका निर्णयहरु समेटेर जारी गरेको अन्तरपार्टी निर्देशनमा जनप्रतिनिधिहरुलाई प्रमुख पदको उमेदवार हुन रोक लगाइएको उल्लेख छ ।

एमोले जारी गरेको अपानिअनुसार जनप्रतिनिधिले अधिवेशनमा अध्यक्ष र सचिवको उमेदवार बन्न पाउने छैनन् । स्थानीय तहका वडाध्यक्ष, प्रमुख÷उपप्रमुख,अध्यक्ष÷उपाध्यक्षले पालिका अधिवेशनमा अध्यक्ष र सचिवको उमेदवार बन्न पाउने छैनन् ।

त्यस्तै, प्रदेश अधिवेशनमा प्रदेशसभाका सदस्य, संघीय संसद्, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू अधिवेशनमा अध्यक्ष र सचिवको उमेदवार बन्न पाउने छैनन् ।

एमालेले दोहोरो जिम्मेवारी नदिने नीतिअनुसार उनीहरुलाई उमेदवार बन्न रोक लगाएको हो ।



प्रतिक्रिया दिनुहोस्