Logo

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अब कक्षा १० सम्मै दिवा खाजा



काठमाडौं, २ भदौ । काठमाडौं महानगरपालिकाले आफ्ना नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा १० सम्म नै दिवा खाजाको व्यवस्था गर्ने भएको छ । दिवा खाजाको लागि दैनिक प्रतिविद्यार्थी ३० रुपैयाँ छुट्याइएको महानगरले जनाएको छ ।

नेपाल सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा छ सम्मका विद्यार्थीको दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँले पैसा दिने गरेको छ ।

कक्षा छ सम्मको उक्त रकममा पनि महानगरले सतप्रतिशत थप गरेको छ भने बाँकी अन्य कक्षाका विद्यार्थीलाई पनि महानगरले शतप्रतिशत पैसा दिएर दिवा खाजाको व्यवस्थापन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्