काठमाडौं, २ भदौँ । विवादित धर्मगुरू धीरेन्द्र कृष्ण शास्त्री उर्फ ‘बागेश्वर धाम सरकार’ शुक्रबार नेपाल आइपुगेका छन्।
शुक्रबार दिल्लीहुँदै काठमाडौँ आइपुगेका शास्त्रीले शुक्रबार नै काठमाडौंमा उच्चस्तरीय भेटवार्ता र पशुपतिनाथ मन्दिरको दर्शनपछि शनिबार शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न नवलपरासी पुगेका छन्।
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा नेपाल आएका शास्त्रीले शनिबार बिहान केबुलकारबाट नारायणघाटस्थित् मौलाकालिका मन्दिरको दर्शन गरेका छन्।
शास्त्रीले आजै अपरान्ह ४ बजेदेखि करिब ७ हजार अनुनायीकासाथ शाश्वतधाममा नेपाली कलाकारहरूको उपस्थितिमा भजन र हनुमन्त कथा वाचन सुरू गर्नेछन्। उनी त्यहाँबाट साझ ८ बजे होटल मौर्यमा विश्रामका लागि पुग्नेछन्।
भोलि(आइतबार) बिहान १० बजे स्थानीय तहका प्रमुख/उपप्रमुखहरू भेटघाट गरि ४ बजे फेरि हुनमन्त कथा वाचन गरेर साझ ८ बजे होटल मौर्यमा विश्रामका लागि पुग्नेछन्।
सोमबार होटर मौर्यमै ११ बजे अतिथिहरूसँगको भेटघाटपछि २ बजे फेरि हुनमन्त कथा वाचन गरि चितवनमै चौधरी ग्रुपले निर्माण गरेको ताज सराई पुग्नेछन्।
मंगलबार भरतपुरबाट उनी बुद्ध एयरबाट काठमाडौं आउने र मंगलबार काठमाडौंमा आराम गरेर बुधबार साझ काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ।