Logo

पोखरामा पहिलो पटक मुटुको सफल सल्यक्रिया



काठमाडौं, २ भदौ । पोखराको चरक मेमोरियल अस्पतालमा पहिलो पटक ओपन हार्ट सर्जरी भएको छ । काठमाडौं र पोखराका सर्जनहरुको टिमले चरक अस्पतालमा मुटुको सफल सल्यक्रिया गरेको अस्पतालका निर्देशक कपिल पोखरेलले बताए ।

गण्डकी प्रदेशमा नै पहिलो पटक पोखराका ४५ वर्षीय विष्णु गौतमको निःशुल्क ओपन हार्ट सर्जरी गरिएको हो । ओपन हार्ट सर्जरी गरेर बिरामीको मुटुको ब्लक भएका दुई वटा ठूला नशा फेरिएको प्रमुख सर्जन डा. अनिल भट्राईले बताए ।

मनमोहन कार्डियाक सेन्टरका विभागीय प्रमुख डा.भट्राईको नेतृत्वमा सर्जन डा.कृष्ण बस्याल, डा.अर्जुन गुरुङ लगायतको टिमले ३ घण्टा लगाएर सर्जरी गरिएको हो ।

अस्पतालले करिब ३ करोडको लागतमा मुटुरोगका लागि आवश्यक इक्विपमेन्ट खरिद गरेको पनि निर्देशक पोखरेलले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot