काठमाडौं, २ भदौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीको नेता नभइ कांग्रेस र एमालेको नेतासमेत भएको दाबी गरेका छन्।
शनिबार पार्टी कार्यालय पेरिसडाँडाँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रचण्ड माओवादीको नेता नभइ कांग्रेस र एमालेको नेतासमेत भएको दाबी गरेका हुन्।
उनले भने, ‘प्रचण्ड माओवादीको मात्र नभई काँग्रेस र एमालेको समेत नेता हो । ३२ सिटसहित प्रतिनिधिसभामा हामी तेश्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं। राष्ट्रिय राजनीतिमा सकालीन नेता प्रचण्ड नै हो। काँग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ।’
यस्तै, उनले सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको बताए।