काठमाडौं, २ भदौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मालाई लक्षित गर्दै टिप्पणी गरेका छन्।
शनिबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै महासचिव भुसालले अध्यक्ष ओलीलाई लिएर जसले जलहरी हाल्छ उसैले दुनियाँलाई उपदेश दिन्छभन्दै टिप्पणी गरेका हुन्।
उनले भने, ‘आज फर्केर हेर्दा खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरू कतिपय साथीहरूले पनि इतिहासको बारेमा जसरी बोल्छन्। स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन्। जतिखेर मिलिन्छ, त्यतिखेर चाहिँ यो महान् कुरा थियो भन्ने। जतिखेर मिलिँदैन, त्यतिखेर चाहिँ यो हत्यारा, आतङ्ककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु म चाहिँ। यो चेतना डरलाग्दो कुरा छ। यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ। यो सबै कुरा गर्छ। वास्तवमा यो यसो सोचेर ल्याउँदा खेरी मलाई एकदम उखुम हुन्छ मलाई पनि।’