Logo

फेरि माधव नेपालकै पार्टी कार्यालयमा बोलाइयो समाजवादी मोर्चाको बैठक



काठमाडौं, २ भदौँ । समाजवादी मोर्चाको बैठक सोमबारका लागि बोलाइएको छ।

बैठक समाजवादी मोर्चाका संयोजक तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पार्टी कार्यालय आलोकनगरमा बोलाइएको हो।

बैठकमा समाजवादी मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेकपाका शीर्ष नेताहरू सहसभागी हुने एकीकृत समाजवादीले जनाएको छ।

यस अगाडिपनि समाजवादी मोर्चाको बैठक एकीकृत समाजवादीको कार्यालयमै बोलाइएको थियो।

Featured Photo : file photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्