Logo

ललिता निवास प्रकरणलाई लिएर सशंकित हुन आवश्यक छैनः माधव नेपाल



काठमाडौं, ३ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै गल्ती नगरेको बताएका छन् ।

आज (आईतबार) पार्टिको पोलिटव्युरो बैठकमा उनले ललिता निवास प्रकरणलाई लिएर सशंकित हुन आवश्यक नरहेको बताएका हुन् । आफू र आफ्नो पार्टीमा रहेका नेताहरुले ललिता निवास प्रकरणमा कुनै गल्ती नगरेको उनको भनाई छ ।

‘ललिता निवास जग्गा प्रकरणमा जुन हल्ला चलाइएको छ, त्यसमा सत्यता छैन । हामी सशंकित हुन आवश्यक छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्