Logo

‘गठबन्धनको बैठकले ललिता निवास प्रकरणका केही नेताको बयान नलिने निर्णय गर्न पाउछ?’



काठमाडौं, ३ भदौँ । कांग्रेस महामन्त्री गगन थापाले सत्ता गठबन्धनको बैठकमा ललिता निवास जग्गा प्रकरणबारे केही नेताहरूको बयान नलिने निर्णय भएको र त्यसरी उनीहरूले निर्णय गर्न पाउनुहुन्छ भन्दै प्रश्न गरेका छन्।

आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त प्रश्न गरेका हुन्।

‘हामीले सुन्यौं, गठबन्धनका नेताहरू बैठक बस्नुभयो। यो बैठकमा ललिता निवास जग्गा प्रकरणका सन्दर्भमा अनुसन्धान गर्नुपर्छ भनेर बयान लिन तयार गरिएका केही नेताहरूको बयान नलिने निर्णय भयो रे भन्ने कुरा पढ्यौं। के गठबन्धन नेताहरू बसेर यो विषयमा छलफल वा निर्णय लिन पाउनुहुन्छ?,’उनले भने।

यस्तै, उनले कांग्रेस केन्द्रीय समिति बैठक मात्र नभइ गठबन्धनको बैठकपनि लाइभ गर्नुपर्ने बताउँदै भने, ‘के भयो जनताले थाहा पाउनुपर्छ। कहिलेकाहीँ प्रतिपक्षी दलका नेतासँग पनि बैठक हुने गर्छ। यस्ता बैठक लाइभ हुनुपर्छ, किनभने बैठकअधि एउटा भाषा, बैठकपछि अर्को भाषा सुनिने गरेको छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot