Logo

स्वामी आनन्द अरुणले भनेपछि भारतीय धर्मगुरुलाई भेटेँः गृहमन्त्री श्रेष्ठ



काठमाडौं, ३ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा भारतीय धर्मगुरु धिरेन्द्र शास्त्री (बागेश्वरी बाबा) लाई भेटेको बताएका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि उनको नाम पनि नसुनेको बताए । ‘स्वामी आनन्द अरुणले भारतबाट एक जना अध्यामिक गुरु आउनु भएको छ, भेट्दा राम्रै हुन्छ भन्नुभयो । मैले उहाँ धिरेन्द्र शास्त्रीजीको नाम सुनेको पनि होईन । उहाँले भनेपछि मैले गएर भेटेको हो,’– उनले भने ।

गृहमन्त्री श्रेष्ठ शास्त्रीलाई भेट्न राती उनी बसेको होटल भिवान्तामा पुगेका थिए । आफूलाई पूर्वीय दर्शनमा विशेष रुची रहेकाले उनीसँग भेटेको मन्त्री श्रेष्ठको स्पष्टोक्ति थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot