
काठमाडौं, ३ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसद अवरोध खुलाउन सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको बताएका छन्।
आइतबार प्रधानमन्त्रीले संसद गतिरोध अन्त्यका लागि बोलाएको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले संसद अवरोध खुलाउन सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको बताएका हुन्।
उनले भने, ‘छलफल सहमतिको नजिक पुगेको छ। भोलि फेरि बैठक बस्छ र संसदको अवरोधको अन्त्य गर्ने निष्कर्ष निस्किन्छ। बीचको बाटो निकाल्ने भन्ने छ। सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ। अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ।’