Logo

सीआईबी र राजश्व अनुसन्धानलाई सरकारले नियन्त्रणमा राखेको छ, निष्पक्ष काम गर्न सकेको छैनः महेश बर्तौला



काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सुनतस्करी प्रकरणमा आफ्ना मान्छे जोगाउन सरकारले छानविनमा संलग्न प्रहरी अधिकृतहरुको सरुवा गरेको आरोप लगाएका छन् ।

आज (आईतबार) संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता पक्षकै नेताहरु उक्त प्रकरणमा मुछिएपछि उनीहरुलाई उन्मुक्ति दिन प्रहरी अधिकारीहरुको सरुवा गरिएको बताएका हुन् ।

सरकारले सुन तस्करी प्रकरणमा निश्पक्ष ढंगले अनुसन्धान र छानविन गर्छ भनेर विश्वास गर्ने आधार नै नरहेको उनले बताए । उनले सरकारका गतिविधिले एमालेले राखेको उच्चस्तरीय छानविन समितिको औचित्य झनै पुष्टि हुँदै आएको बताए । छानविन समितिको अडानबाट एमाले पछि नहट्ने पनि उनको दाबी छ ।

‘अनुसन्धानमा क्रियाशील प्रहरी अधिकारीहरूलाई एकपछि अर्को अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तितर्फ, मुर्धन्य व्यक्तितर्फ सोझिन थाल्यो । त्यसपछि सत्ता घटकलाई प्रहरी अधिकारीलाई सरुवा गर्नुपर्‍यो,’– उनले भने ।

राज्य मातहतका निकाय सीआईबी, राजश्व अनुसन्धान विभाग कुनै पनि इकाईले निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न नसकेको उनको टिप्पणी छ । सरकारले ती संयन्त्रहरुलाई नियन्त्रणमा राखेको उनको आरोप छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot