Logo

संसद् छिटोभन्दा छिटो चल्नुपर्छ, यो देशको कुरा हो : नेता कोइराला



काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद् छिटोभन्दा छिटो चल्नुपर्ने बताएका छन्।

आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले संसद् हुनु देशको कुरा भएको र छिटोभन्दा छिटो चल्नुपर्ने बताएका हुन्।

उनले भने, ‘संसद छिटोभन्दा छिटो चल्नुपर्छ। अब पर्सी बैठक बोलाइएको छ। हेरौँ, के गर्नुहुन्छ? यो एमाले, माओवादी र काँग्रेसको कुरै होइन। यो देशको कुरा हो। संसद चल्नुपर्छ। म एउटा सांसद हो नेपाली काँग्रेसको। हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ। उहाँहरुले कोअर्डिनेट गर्ने कुरा हो। सरकारले कोअर्डिनेट गर्ने कुरा हो। संसद चलाउनु पर्‍यो।’

 



प्रतिक्रिया दिनुहोस्