Logo

प्रतिपक्षीको भूमिका निर्वाह गर्दा नकारात्मक प्रतिक्रिया दिनु एमालेको धर्मजस्तै भएको छ : उपमहासचिव पुन



काठमाडौं, ३ भदौ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिपक्षी भूमिका निवार्ह गर्दा नकारात्मक प्रतिक्रिया दिनु एमालेको धर्मजस्तै भएको आरोप लगाएका छन्।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्मजस्तै भएको आरोप लगाएका हुन्।

उनले भने,‘भ्रष्टाचारविरूद्धका कुरा उठ्दा, सुशासनका कुरा उठ्दा होस् वा वैदेशिक सम्बन्धमा कुरामा होस् सकारात्मक विषयमा पनि प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्मजस्तै भएको छ। तीन वर्ष सत्ताबाहिर बस्नुपर्दाको छटपटाहट संसद् र बाहिर र भित्रबाट सकारात्मक कामको विरोध गर्नुले पुष्टि गर्छ।’

यस्तै, उनले आजका युवालाई आफ्नो कमाई र स्वआर्जनबाट बाँच्न सक्ने बनाउनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस्