Logo

ललिता निवास प्रकरणः सिआईबीले माधव नेपालसँग लियो बयान



काठमाडौं, ४ भदौ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले तत्तकालीन प्रधानमन्त्री माधव नेपालसँग बयान लिएको छ ।

पूर्व प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्न त्यहाँ रहेको जग्गा मोहीलाई सट्टा भर्नामा दिने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले उक्त प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि सिआईबीले पूर्वप्रधानमन्त्री नेपालसँग बयान लिएको हो ।

साथै, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि सिआईबीले बयान लिइसकेको छ । भट्टराईको बयानका लागि सिआईबीको टोली टोखा पुगेको थियो । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot