Logo

थुनुवा, वृद्ध, अशक्त र असहायको मुद्दाको पेसीमा प्राथमिकता दिने प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको प्रतिवद्धता



काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलेल मुद्दाको विषयवस्तु महत्व र पक्षको अवस्थालाई मध्यनजर गरी पेसी र सुनुवाइको व्यवस्थापनमा प्राथमिकता दिइने बताएका छन् ।

आज (सोमबार) संसदीय सुनुवाई समितिमा न्यायायीकसुधारका सन्दर्भमा आफ्ना कार्ययोजना प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । साथै, राष्ट्रिय महत्व र विकास निर्माणका कार्यसँग सम्बन्धित मुद्दाको कारबाहीमा विवादहरूको कारबाहीमा मुद्दाको शीघ्र किनारा हुने गरी पेशी व्यवस्थापन गर्ने उनको भनाई छ ।

‘मुद्दाको विषयवस्तु महत्व र पक्षको अवस्थासमेतलाई मध्यनजर गरी पेसी एवम् सुनुवाइलगायतको व्यवस्थापनमा प्राथमिकता दिइनेछ,’– संसदीय सुनुवाई समितिमा न्यायीक सुधारका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्दैै उनले भने ।

भन्सार, कर, ठेक्कापट्टालगायत राजस्वसँग सम्बन्धित विवादहरूको कारवाही किनारामा आवश्यक संवेदनशीलतासहित प्राथमिकता दिएर मुद्दा फछ्यौट गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

साथै, थुनुवा, वृद्ध, अशक्त, असहाय व्यक्तिहरूको मुद्दाको पेसीमा प्राथमिकता दिईने उनको प्रतिवद्धता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्