Logo

पारिवारिक अदालतको स्थापना गर्न पहल गर्छुः प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक अदालत र इजलासको स्थापना गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आज (सोमबार) संसदीय सुनुवाई समितिमा न्यायीक सुधारका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्दै उनले महिला वादी भएका घरेलु हिंसा मुद्दा, महिला र बालबालिका वादी भई दर्ता भएका अंश मुद्दा, महिला विरुद्ध भएका जबर्जस्ती करणीसम्बन्धी मुद्दाहरू सुनुवाइका लागि पारिवारीक अदालतको स्थापना गर्न पहल गर्ने बताएका हुन् ।

‘महिला वादी भएका घरेलु हिंसा मुद्दा, महिला र बालबालिका वादी भई दर्ता भएका अंश मुद्दा, महिला विरुद्ध भएका जबर्जस्ती करणीसम्बन्धी मुद्दाहरू सुनुवाइको लागि पारिवारिक अदालत र इजलासको स्थापना गर्न पहल गरिनेछ,’– कार्यपत्र प्रस्तुत गर्दै उनले भने ।

यस्ता प्रकारका मुद्दाहरूमा लाग्ने अदालती शुल्क छुटलगायतको निःशुल्कसेवा दिने व्यवस्थाका लागि पहल गर्ने समेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्