Logo

‘हामी ४७ जना सांसद ‘उद्धव थापा’ छातीमा लेखेर अदालत र संसद्मा उपस्थित हुन तयार छौं’



काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं कोशी प्रदेश सभा सदस्य राजेन्द्र राईले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउने बताएका छन् ।

विश्वासको मत लिने दिन उपसभामुख अनुपस्थित भएको प्रति आक्रोश व्यक्त गर्दै उनले आफूहरु उद्धव थापाको पक्षमा ट्याग लगाएर अदालत र संसद्मा उपस्थित हुन तयार रहेको बताए ।

‘आज उद्धव थापाको पक्षमा हामी ट्याग लगाएर १ नम्बर, दुई नम्बर… हामी ४७ जना सांसद उद्धव थापा छातीमा लेखेर अदालतमा उपस्थित हुन पनि तयार छौं । संसद्मा पनि तयार छौैं । ४७ सांसद भएपछि यो प्रदेशको सरकार बन्छ । ४७ भित्र कोही मुख्यमन्त्री होलान्, कोही पूर्व मुख्यमन्त्री होलान् । कोही मन्त्री, कोही सभामुख होलान् । ४७ छ, ४७ भएपछि सरकार बन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot