Logo

कोशीका मुख्यमन्त्रीलाई एमालेको चेतावनी ‘संविधान र कानुनको हुर्मत लिने दुष्प्रयास नगर्नुस्’



काठमाडौं, ४ भदौ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता रेवतीरमण भण्डारीले मुख्यमन्त्री उद्धव थापालाई संविधान र कानुनको हुर्मत लिने दुष्प्रयास नगर्न चेतावनी दिएका छन् ।

कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण गरिरहेका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिने तयारीतर्फ लक्षित गर्दै उनले गठबन्धन दलले धेरै पटक संविधान र कानुनको हुर्मत लिएकाले अब लिने दुष्प्रयास नगर्न चेतावनी दिएका हुन् ।

‘संविधान र कानुनको धेरै चोटी हुर्मत लिनुभयो । अब हुर्मत लिने दुष्प्रयास नगर्नुस् । अब पनि हुर्मत लिनुभयो भने मुलुकको प्रादेशिक संरचना र संघीयतामाथि विरोध र आलोचनालाई उत्कर्षमा पुर्याउने कामको जिम्मेवारी तपाईँहरुले लिनुपर्छ,’– उनले भने ।

संविधान र कानुनको विषयलाई आफ्नो स्वार्थपूर्तिका निम्ति व्याख्या गर्ने प्रयास नगर्न समेत उनले चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्