Logo

काठमाडौं महानगरद्वारा श्रम बैंक सञ्चालन



काठमाडौं, ४ भदौ । काठमाडौं महानगरले बेरोजगारहरू तथा रोजगारदाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ रोजगारीको अवसर बढाउने उद्देश्यले श्रम बैकको सुरुवात गरेको छ ।

श्रम बैंकमा भएका कामदारहरूलाई पूर्वाधार विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक विकासका क्षेत्रमा रोजगारीको अवसर सृजना गराउने लक्ष्य रहेको महानगरपालिका प्रमुख बालेन्द्र शाहले बताएका छन् ।

श्रम बैंक मा आबद्द हुन महानगरको स्थायी बासिन्दा वा महानगरको करदाता वा महानगरभित्र बसोबास गर्ने नेपाली नागरिक हुनुपर्ने छ । १८ बर्ष पुरा भई ६० वर्ष ननाघेको व्यक्तिहरु श्रम बैकमा आवद्ध हुन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot