Logo

मन्सुरीले पनि दिए मुख्यमन्त्री थापालाई विश्वासको मत



काठमाडौं, ४ भदौ । कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापालाई दिएका छन् । मन्सुरीले पनि विश्वासको मत दिएपछि मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

विश्वासको मतको पक्षमा ४७ मत प्राप्त भएको थियो । मन्सुरीले एमाले सांसदहरुले होहल्ला र विरोध गरिरहँदा पनि मत परिणाम घोषणा गरेका थिए ।

मन्सुरीले पनि विश्वासको मत दिएपछि यसलाई एमालेले संविधान र कानुनको ठाडो उल्लङ्घनको रुपमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्