Logo

माओवादीको सत्ता सहकार्यसँगै कांग्रेस स्खलित हुँदैछः महेश बस्नेत



काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले कांग्रेसको विधिको शाषण र लोकतन्त्रप्रतिको आदर्श दिनप्रतिदिन स्खलित हुँदै गएको टिप्पणी गरेका छन् ।

कोशी प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई दुरुपयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको उनको आरोप छ ।

‘कोशी प्रदेसका मुख्यमन्त्री उद्धव थापाले बैठकको सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत लिएका छन । माओवादीको सत्ता सहकार्यसँगै कांग्रेसको विधिको शाषण र लोकतन्त्र प्रतिको आदर्श दिन प्रतिदिन स्खलित हुँदैछ,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot