Logo

‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम सम्पन्न



काठमाडौं, ४ भदौ । भारतीय राजदूतावास, काठमाडौंले ‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम गरेको छ ।

नेपाल–भारत पुस्तकालयमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरीशचन्द्र लालले बी.पी कोइराला फाउण्डेशनको सहयोगमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल में हिंदी’ को विमोचन गरेका थिए ।

कार्यक्रममा नेपालका कविद्वय स्नेह सायमी र राजेन्द्र शलभको नेपालीबाट हिन्दीमा अनुदित कविता संग्रह ‘उजाले के रंग’ र स्नेह सायमीको नेपाली कविता संग्रह ‘चश्मा र आँखाको वार्ता’ बारे चर्चा गरिएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा. श्वेता दिप्ती, प्रतिष्ठित कवि विधान आचार्य र वरिष्ठ साहित्यकार डा. रामदयाल राकेशले आ–आफ्नो विचार राखेका थिए ।

सम्बोधनका क्रममा प्रमुख अतिथि सर्वोच्चका पूर्व न्यायाधीश लालले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धमा साझा संस्कृति तथा दुवै देशको भाषाको महत्वबारे प्रकाश पारे ।

कार्यक्रममा ठूलो संख्यामा लेखक, शिक्षक, भाषाविद् तथा साहित्यप्रेमीको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्