Logo

उच्चस्तरीय समिति बन्ने भएपछि माओवादी नेताको प्रतिक्रिया, ‘चिसै पानीले नुहाउन पर्नेभयो’



काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले उच्चस्तरीय छानविन समिति बनाउने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

हिजो (सोमबार) राति प्रधानमन्त्रीको कार्यालयमा बसेको सर्वदलीय बैठकले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने निर्णय गरेको थियो । उक्त निर्णप्रति असन्तुष्टि जनाउदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तातो पानीले नुहाउने भनेको, नपाएपछि चिसै पानीले नुहाउनु पर्योभयोअब। सन्दर्भ उच्चस्तरीय छानबिन आयोग।’

एक सय क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै नेकपा (एमाले) ले तीन हप्ताभन्दा लामो समयदेखि संसद् अवरोध गरिरहेको छ । संसद् अवरोध खुलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको राष्ट्रि दलको मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँगको छलफलमा उक्त निर्णय भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot