Logo

राष्ट्रपति पौडेलले दलका नेताहरुसँग भने, ‘मैले सक्रियता देखाउन खोजेको होईन, राष्ट्रप्रतिको चिन्ता हो’



काठमाडौं, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अवरोधप्रति दलका नेताहरुसँग छलफल गरेका छन् । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक नेकपा (एमाले) ले भने बहिस्कार गरेको थियो ।

बैठकमा राष्ट्रपति पौडेलले आफू सक्रिय हुन नखोजेको दलका नेताहरुलाई प्रष्ट पारे । साथै, उनले आफूले राष्ट्रप्रतिको चिन्ताले समाधान खोज्नका लागि आग्रह गर्न खोजेको बताए ।

संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको बताउँदै उनले संविधानले दिएको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा सदैव गम्भीर र चिन्तित रहेको उनले बताए । ‘यो मैले एक्टिभिजम देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो,’– उनले भने ।

अहिले संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास भएको उनको धारणा छ । शक्ति पृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हिँड्न सकेका छौँ कि छैनौँ भनेर सोच्नुपर्ने बेला भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्