Logo

टोपबहादुर रायमाझीलाई सांसद पदबाट निलम्बन गरिँदै



काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित हुने भएको छ ।

आज (मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकले उनको सांसद पद निलम्बन गर्ने भएको हो । प्रतिनिधि सभा बैठकको आजको कार्यसूचीमा सांसद रायमाझी निलम्बन भएको जानकारी गराउने उल्लेख गरिएको छ ।

‘सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य श्री टोपबहादुर रायमाझी निलम्बन हुनुभएको जानकारी गराउनु हुने,’– सम्भावित कार्यसूचीमा भनिएको छ ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन् ।



प्रतिक्रिया दिनुहोस्