Logo

ललिता निवास प्रकरणः सिआईबीले बुझायो प्रतिवेदन



काठमाडौं, ५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

आज (बिहान) सिआईबीले सरकारी वकिलको कार्यालयमा उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो । ललिता निवास जग्गा प्रकरणमा २३ जना प्रक्राउ परेपनि अहिले १८ जना प्रहरी हिरासतमा छन् । उक्त प्रकरणमा पक्राउ परेका ५ जना भने अदालतको आदेशले रिहा भएका थिए ।

सिआईबीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल, डा. बाबुराम भट्टराईको समेत बयान लिएको थियो । सिआईबीले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, पूर्व राज्यमन्त्री सञ्जय साह र पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग पनि बयान लिएको थियो ।

उनीहरुविरुद्ध सिआईबीले सरकारी लिखत किर्ते कसुरमा मुद्दा अगाडि बढाएको छ । सरकारी वकिलको कार्यालयले सिआईबीले बुझाएको प्रतिवेदन अध्ययनपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot