Logo

तत्काल गठबन्धनबाट बाहिर निस्कने अवस्था छैनः माधव नेपाल



काठमाडौं, ५ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्तकाल गठबन्धन बदलिने र आफूहरु सरकारबाट बाहिर निस्कने अवस्था नरहेको बताएका छन् ।

आज (मंगलबार) देखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धन संयुक्त मोर्चा नभएर तात्कालिक राजनीतिक कार्यगत एकतामात्र भएपनि तत्काल गठबन्धनबाट बाहिरिने र नयाँ सत्ता गठबन्धन बन्ने अवस्था नरहेको बताएका हुन् ।

‘यो गठबन्धन संयुक्त मोर्चा होइन तात्कालिक राजनीतिक कार्यगत एकता मात्र हो । यो गठबन्धन वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको गठबन्धन हो । यो दीर्घकालीन होइन, तात्कालिक राजनीतिक कार्यगत एकता मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक गठबन्धन वा कार्यगत एकता पनि बदलिन सक्छ । तर, अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिने र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन,’ अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

साथै, समाजवादी मोर्चा र पार्टीको छु्ट्टाछुट्टै अस्तित्व रहेको समेत उनले बताएका छन् । समाजवादी मोर्चाको अलवा पनि पार्टीको आफ्नो स्वतन्त्र अस्तित्व रहिरहने र पार्टीले आफ्ना कार्यक्रम र क्रियाकलापलाएई स्वतन्त्र रूपमा सञ्चालन गरिरहने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot