Logo

पूर्व प्रधानमन्त्रीद्वयलाई प्रतिवादी नबनाउन सिआईबीको सिफारिस



काठमाडौं, ५ भदौ । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सिआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उक्त प्रकरणमा ‘प्रतिवादी कायम गर्नु नपर्ने’ भनेको छ ।

सिआईबीको टोलीले पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको घरमा नै पुगेर उक्त प्रकरणमा बयान लिएको थियो । साथै, पूर्व मुख्य सचिव लिलामणि पोखरेललाई पनि प्रतिवादी बनाउन नपर्ने भनी सिआईबीले सिफारिस गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा हालसम्म २३ जना पक्राउ परेपनि अदालतको आदेशमा ५ जना रिहा भइसकेका छन् । अन्य १८ जना थुनामै रहेका छन् ।

सिआईबीले सरकारी कागज किर्ते आरोपमा उनीहरुमाथिको मुद्दा अगाडि बढाउन सिफारिस गरेको छ । अनुसन्धान सुरु भएको ५७औं दिनमा सिआईबीले प्रतिवेदन बुझाएको छ । संगठित अपराधमा ६० दिनभित्र अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गर्नुपर्ने कानुनी प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot