काठमाडौं, ५ भदौ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी आफूले चाहे अनुसार अगाडि बढ्न नसकेको दाबी गरेका छन्।
मङ्गलबार पार्टीको केन्द्रीय कमिटि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी आफूले चाहे अनुसार अगाडि बढ्न नसकेको दाबी गरेका हुन्।
उनले भने, ‘हाम्रो पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन। पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायन जस्ता कमजोरी देखिएका छन्।’
यस्तै उनले पार्टीका केहीँ नेताहरूले बद्ख्वाइँ, अनुशासनहीन र अराजक कार्य गर्दा पार्टी कमजोर भएको दाबी गरे।