Logo

सर्वदलीय बैठकमा पुगे दलका शीर्ष नेताहरु (फोटोफिचर)



काठमाडौं, ५ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन दलका नेताहरु सिंहदरबार पुगेका छन् ।

नेकपा (एमाले) ले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन पर्ने मागसहित तीन हप्ताभन्दा लामो समयदेखि संसद् अवरोध गरेपछि हिजो (सोमबार) बसेको सर्वदलीय बैठकमा समिति बनाउने सहमति जुटेको थियो ।

सहमति जुटेसँगै समितिको मस्यौदासमेत तयार भइसकेको छ । आजको बैठकमा समस्यौदा प्रस्तुत हुने बताइएको छ । अहिले ३ बजेको लागि प्रतिनिधि सभा बैठक पनि बोलाइएको छ ।

समिति बनाउने कार्य अगाडि बढेकाले आजको बैठकमा एमालेले अवरोध नगर्ने बताईएको छ । Photo By: Mukunda Kalikote/RN 



प्रतिक्रिया दिनुहोस्