Logo

एमाले अध्यक्ष ओली अस्वस्थ



काठमाडौं, ५ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई ज्वरो आएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा ओली नआएपछि बैठक निष्कर्षविहीन बनेको थियो । बैठकबाट बाहिरिँदै गर्दा प्रमुख सचेतक गिरीले ओलीको स्वास्थ्यमा समस्या आएकाले नआएको बताए ।

‘अध्यक्ष केपी शर्मा ओली ज्यू पनि सामन्य ज्वरो आएका कारणले उहाँ अलि अस्वस्थ हुनुभयो । तैपनि म आउन पर्छभने निस्कन्छु नि त भन्दै हुनुहुन्थ्यो । यता समय व्यवस्थापन गर्न गाह्रो भयो,’– उनले भने ।

सर्वदलीय बैठक भोलि (बुधबार) विहान ११ बजे बस्ने प्रमुख सचेतक गिरीले बताए । ओली अनुपस्थित भएपछि उच्चस्तरीय छानविन समितिको मस्यौदामाथि छलफल नै भएन । आज दिउँसो ३ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot