Logo

शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नुको अर्थ देखिएन : सभापति लामिछाने



काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नुको अर्थ नभएको बताएका छन्।

मङ्गलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछाने शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नुको अर्थ नभएको बताएका हुन्।

उनले भने, ‘हामीलाई के लाग्यो भने, शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो। साक्षी बस्नुको अर्थ देखिएन। हामी छलफल गर्छौं, यो टुंङ्ग्उने जिम्मा उहाँहरुलाई नै दिन्छौं।’

यस्तै उनले सामान्य कुरामा पनि लम्बेतान गर्ने उनीहरूको परम्परा रहेको बताउँदै भने, ‘सामान्य कुरालाई पनि लम्बेता गर्ने उहाँहरुको परम्परा छ, यसको साक्षी बस्नुभन्दा आफ्नो ढंगले अगाडि बढ्नुपर्छ कि भन्ने हामीलाई लागेको छ।’



प्रतिक्रिया दिनुहोस्