Logo

दार्चुलाको कबर्ड हल निर्माणका लागि पूर्वमन्त्री बडूले एक करोड दिने



काठमाडौं, ५ भदौ । दार्चुलाको कबर्ड हल निर्माणका लागि कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्।

मङ्गलबार मानसिंह बुढाथोकी नेतृत्वको जिल्ला खेलकुद समितिले सांसद बडूलाई जिल्ला खेलकुद क्षेत्रको विकासका लागि ज्ञापनपत्र बुझाउँदै बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन्।

सांसद बडूले २०७० सालको महाकाली बाढीले बगाएको कबर्ड हल निर्माणका लागि सांसद विकास कोषबाट एक करोड रूपैयाँ विनियोजग गरेको र यसै वर्षदेखि निर्माणको कार्य सुरू हुने घोषणा गरेका हुन्।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा जिल्ला खेलकुद समितिका अध्यक्ष बुढाथोकी, कार्यालय प्रमुख श्यामराज अवस्थी, सितोरियो कराते संघ दार्चुलाका अध्यक्ष तोरनप्रसाद अवस्थी, जिल्ला क्रिकेट संघका अध्यक्ष देवेन्द्र भट्ट, भलिबल संघका प्रदेश उपाध्यक्ष भोजराज जोशी, राष्ट्रिय एथेलिक्स खेलाडि ओमकार पाललगायत जिल्लाका कराते, कबडी खेलाडीहरूको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्