Logo

कांग्रेस अनुशासन समितिमा ४ सदस्य मनोनयन



काठमाडौं, ५ भदौ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको अनुशासन समितिमा ४ सदस्य मनोनयन गरेका छन्।

मङ्गलबार सभापति देउवाले केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई अनुशासन समिति सदस्य पदमा मनोनीत गरेका हुन्।

सो समितिका संयोजक केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot