Logo

सर्वदलीय बैठकः संसद् अवरोध खुलाउन जुट्यो सहमति



काठमाडौं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउनका लागि सहमति जुटेको छ ।

आज (बुधबार) प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा दलका शीर्ष नेताहरुबीच संसद् खुलाउने विषयमा दुई बुँदे सहमति भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेता उपस्थित थिए ।

एक क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको माग गर्दैै एमालेले तीन हप्ताभन्दा लामो समयदेखि संसद् अवरोध गरिरहेको थियो । अन्ततः दलका नेताहरुबीच उक्त प्रकरणको छानविनका लागि समिति बनाउने सहमति जुटेको हो । प्रतिनिधि सभा बैठक आज दिउँसो तीन बजे बस्ने कार्यतालिका छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot