काठमाडौं,७ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा परि महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७०वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबीको निधन भएको भने दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केहीको भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको ५ । दुर्घटनापछि बसका चालक फरार छन् ।
२६ जना तिर्थालु बोकेको मधेश प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान साढे २ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका- २२ स्थित पूर्वपश्चिम राजमार्गको चुरीयामाई मन्दीर नजिकै सडकबाट १५ मिटर तल खसेको थियो।