काठमाडौं,७ भदौ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आजपनि बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालका अनुसार आजको लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८÷०७९ पेश गर्ने कार्यसूचि रहेको छ ।
गत साउन ३ गते बरामद भएको ६० किलो सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दा प्रभावित बनेको संसद लामो समयको छलफलपछि उच्चस्तरीय छानबिन आयोग बनाउने सहमतिसँगै हिजोबाट खुलेको थियो ।