Logo

नापी कार्यालय लहानका अमिन दिपरन्जन घुससहित अख्तियारको फन्दामा



काठमाडौं,७ भदौ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सिरहाको लाहान नगरपालिको नापी शाखामा कार्यरत अमिन दिपरन्जन यादव घुस रकमसहित पक्राउ परेका छन् ।

जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस-रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बर्दिवासबाट खटिई गएको अख्तियारको टोलीले अमिन दिपरन्जन यादवलाई सेवाग्राहीबाट दश हजार रुपैयाँ घुस-रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय लहान, सिरहाबाट बुधबार नियन्त्रणमा लिएको हो ।

उनको बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्