काठमाडौं,७ भदौ । संसदीय समितिका सभापतिहरू छान्न भदौ ११ गते निर्वाचन हुने भएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको संसद बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्दैछन् । निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्।
दलहरूबीच यसअघिनै नेपाली कांग्रेसले ४,नेकपा एमाले ३, नेकपा माओवादी केन्द्र २, जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी र जनमतले १-१ समितिको सभापति पाउने गरी सहमति भएको छ।
प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो ।
सभामुखले सभापति चयनका लागि मिति नतोक्दा र राजनीतिक दलहरूले चासो नराख्दा संसदीय समितिहरू प्रभावहीन भएका थिए ।