Logo

टेकबहादुर साउदका बाबुलाई अङ्गालो हाल्दै रेशमले भने, ‘भाई तपाईको बच्चाको हत्यारा म हैन’



काठमाडौं, ७ साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटना देशको भावनासँग खेल्न खोज्नेहरुले घटाएको बताएका छन् ।

आज (बिहीबार) टिकापुर घटनामा मारिएका टेकबहादुर साउदको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले टीकापुरमा पहिचानवादीहरुले बालेको आगोमा अरुले नै रोटी पकाएको बताए ।

रेशमले मृतक टेकबहादुरका बाबु नेत्र साउदलाई अङ्गाले हाल्दै टेकबहादुरको हत्या हुनुमा आफूहरुको संलग्नता नरहेको बताए । आफ्नो र नेत्र साउदको सम्बन्धमा कुनै खोट नरहेको पनि उनले बताए । भाइचारा र भातृत्वको रुपमा विकास भएको उक्त सम्बन्धलाई मानव अधिकारवादी र पत्रकारले पनि बुझ्न आवश्यक रहेको उनको भनाई छ ।

मृतक टेक बहादुर साउदका बाबु नेत्र साउदलाई मञ्चमा बोलाएर अङ्गालो हाल्दै उनले भने, ‘यो सम्बन्ध यतिकै बनेको सम्बन्ध होईन् । यो सम्बन्धले हत्या र हिंसा देख्दैन । यो सम्बन्धले भाइचारा देख्छ, भातृत्व देख्छ । यो सम्बन्धले देशमा एउटा सन्देश देओस्, हामी फुटेका छैनौं, जुटेका छौं । मानव अधिकारकर्मी, पत्रकारहरुले यो कुरा बुझुन्, हाम्रो सम्बन्ध त्यत्तिकै जन्मिएको सम्बन्ध होईन । यो सम्बन्धमा खोट छैन ।’

उनले नेत्रलाई सम्झाउँदै भने, ‘भाई तपाईको बच्चा मेरो बच्चा हो । त्यो सहिद मेरो छोरा पनि हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot