Logo

‘सरकार हरायो सभामुख महोदय, खोजी गरिपाऊँ’



काठमाडौं, ७ भदौ । प्रतिनिधि सभाको शुन्य समय चलिरहेको थियो । शुन्य समयमा नेकपा (एमाले) बाट निर्वाचित सांसद् सूर्य थापाले बीचैमा उठेर विरोध गरे ।

सभामुख देवराज घिमिरेले किन उठ्नु भएको ? भनेर प्रश्न गरेपछि उनले सरकार हराएको भन्दै खोजी गरिपाऊ भनी आग्रह गरे । त्यत्तिबेलासम्म सदनमा प्रधानमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषद् रहेकोमा कोही पनि सहभागी थिएनन् । सरकारका कुनै पनि मन्त्री उपस्थित नरहेको सदन चल्न नसक्ने थापाले बताए । उनले सरकारले सदनको घोर अपमान गरेको आरोप लगाए ।

‘सरकार हरायो सभामुख महोदय, सरकारको खोजी गरिपाऊँ । मन्त्रीहरु बेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन । प्रतिनिधि सभा नियमावली अन्तर्गत म सभामुख महोदयको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छ । २५ जना मन्त्रीमध्ये यो सदनमा एक जना पनि नदेखिनु घनघोर अन्याय हो । अपमान हो यो सदनको,’– उनले भने । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्