Logo

सरकारसँग एमाले सांसद महर्जनको प्रश्न: कहाँ छन् हराएका ६ सय ७६ बालबालिका ?



काठमाडौं,७ भदौ । नेकपा एमालेका सांसद प्रेम महर्जनले एउटै आर्थिक वर्षमा ६ सय ७६ बालबालिका हराएको प्रहरीको तथ्यांकप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद महर्जनले आर्थिक वर्ष २०७९-०८०को देशभरबाट ५ हजार ८ सय २६ बालबालिका हराएकामा ५ हजार १ सय ५० बालबालिका मात्रै फेला परेको र ६ सय ७६ फेला नपरेको बताएका छन्।

उनले भने‘राष्ट्रिय बालपरिषद्को तथ्यांकअनुसार आर्थिक वर्ष २०७९-०८० मा १ हजार ६ सय १ बालक र ४ हजार २ सय २५ बालिका गरी ५ हजार ८ सय २६ बालबाबलिका हराएका थिए । जसमध्ये ५ हजार १५० बालबालिका भेटिए भने ६ सय ७६ बालबालिका हराइरहेका छन्, यति धेरै बालबालिका हराएका छन्,राज्यले किन खोजी नगरेको ? यति गम्भीर विषयमा प्रहरीमात्रै उत्तरदायी हुने हो कि, राज्यले पनि केही कदम चाल्ने हो?’।



प्रतिक्रिया दिनुहोस्