Logo

 शब्दमा चिन्नुहोस् देशकै नवौँ उत्कृष्ट प्लस टु कलेज बन्न सफल सेन्ट लरेन्सलाई 



काठमार्डौं,७ भदौ । एक स्वतन्त्र सर्वेक्षणले चाबहिल स्थित सेन्ट लरेन्स कलेज देशकै नवौँ उत्कृष्ट प्लस टु कलेज भएको जनाएको छ।

केही दिन अघि एउटा मिडियाले उत्कृष्ट प्लस टु कलेजहरूको सर्वेक्षण गरी त्यसको नतिजा सार्वजनिक गरेको थियो। त्यो सर्वेक्षणको उत्कृष्ट सूचिमा ९ औँ नम्बरमा पर्न सेन्ट लरेन्स सफल भएको हो।

सर्वेक्षणले राखेको विभिन्न सूचकहरूमध्ये सबै सूचकमा उत्कृष्ट अंक हासिल गर्दै उक्त कलेजले आफ्नो स्थान सुरक्षित गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हासिल गरेको उपलब्धि, राम्रो ‘प्लस टु’ बन्न उक्त शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट’, अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थिति लगायत मापदण्डका आधारमा नतिजा निकालिएको उक्त सर्वेक्षणले उल्लेख गरेको छ।

सेन्ट लरेन्स कलेजलाई यसरी चिन्नुहोस् शब्दमा

सन् १९९७ मा स्थापित सेन्ट लरेन्स कलेजले आफ्नो स्थापनाको २५ औँ वर्ष पार गर्दै गर्दा गुणस्तरको पर्यायका रूपमा आफूलाई स्थापित गरेको छ। ‘योर सक्सेस आवर कमिटमेन्ट’ अर्थात् तपाईँको सफलता हाम्रो प्रतिबद्धता भन्ने नारासहित अघि बढेको उक्त कलेजले विद्यार्थीले पाउने सिपमूलक र व्यवहारिक ज्ञान अनि त्यसबाट पाउने सफलतालाई नै एकमात्र लक्ष्य बनाएको छ। उच्च माध्यमिक तहदेखि स्नातकोत्तर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्ययन गराउँदै आएको छ ।

अनुशासित र उत्कृष्ट शैक्षिक वातावरण, शैक्षिक सँगै अतिरिक्त पाठ्यक्रममा पनि जोड, हरेक परीक्षामा उत्कृष्ट नतिजा, विश्वस्तरीय भौतिक पूर्वाधार, यातायात सहित पुस्तकालय, ल्याब, होस्टल, सफा र स्वच्छ क्यान्टिनको सुविधा, उपयुक्त शुल्क र छात्रवृत्तिको व्यवस्था आदि सेन्ट लरेन्सका विशेषताहरू हुन्। त्यस्तै आफ्ना विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार गर्ने गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नु सेन्ट लरेन्सको अर्को प्रमुख विशेषता हो।

विभिन्न समयमा प्राप्त सम्मान तथा पुरस्कार, स्वतन्त्र सर्वेक्षणहरूले देखाएको नतिजा, राष्ट्रिय स्तरका परीक्षाहरूमा कलेजले प्राप्त गरेको उल्लेखनीय सफलता, कलेज बाट आफ्नो अध्ययन पुरा गरेका विद्यार्थीहरूको सन्तुष्टि र प्रतिस्पर्धात्मक बजारमा उनीहरूले प्राप्त गरेको सफलता आदिले कलेजलाई अझै विश्वसनीय बनाएको छ। त्यसैले त एसइइको नतिजा सार्वजनिक भएसँगै ११ कक्षाका लागि बुझ्ने र भर्ना गर्ने विद्यार्थीहरूको भिड हिजोआज सेन्ट लरेन्समा देखिन्छ।



प्रतिक्रिया दिनुहोस्