काठमाडौं,७ भदौ । पछिल्लो समय नेपालमा तिब्र गतिमा महामारीको रुपमा फैलिरहेको लम्पी स्किन रोगका कारण मर्ने पशुको संख्या ५२ हजार नाघेको छ ।
प्रतिनिधि सभामा सांसदहरुले उठाएको यससम्बन्धी विषयमा सरकारको तर्फबाट जवाफ दिँदै कृषि तथा पशुपक्षिं विकासमन्त्री डा बेदुराम भुसालले हालसम्म यो रोगबाट १४ लाख ४६ हजार ६ सय ६४ पशुमा संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनका अनुसार हालसम्म १२ लाख ८८ हजार ७ सय ५९ पशु संक्रमण मुक्त भएका छन् । त्यस्तै संक्रमितमध्ये ५२ हजार ४ सय ४८ पशु मरेका छन् । मन्त्री भुसालका अनुसार हालसम्म १ लाख ५ हजार २ सय ५३ पशु हालपनि बिरामी अवस्थामा रहेका छन् । भने ७ लाख भन्दा धेरै पशुमा खोप लगाईएको छ ।
नेपालमा २०७७ सालको असारमा पहिलोपटक मोरङको सुन्दरहरैचामा देखापरेको यस रोग हाल देशका सबै क्षेत्रमा फैलिएको छ ।