Logo

दुई सचिवको मन्त्रालय हेरफेर- प्रधानमन्त्री कार्यालयमा पुष्कर,सामान्यमा सिंह



काठमाडौं,७ भदौ । सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको सरकारकी प्रवक्ता तथा सञ्चार सूचना एवं प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहलाई संघीय मामिलाको जिम्मेवारी दिएर पठाएको छ ।

सामान्यका सचिव पुष्करले यसअघि नै पटकपटक प्रधानमन्त्री र मुख्यसचिवलाई भेटेर सरुवा मागेका थिए। तर, प्रधानमन्त्रीले संघीय निजामती सेवा ऐनको टुंगो नलागुन्जेल मन्त्रालयमै बसेर काम गर्न निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्