Logo

‘कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको मान्न मिल्ने अवस्था देखिएन’



काठमाडौं, ७ भदौ । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) कोशी प्रदेश सभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै दीर्घकालीन असर पर्ने निर्णय नगर्न नगराउन भनेको छ । आज (बिहीबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालसमा उक्त मुद्दाको सुनुवाई भएको थियो ।

‘मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत् रुपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएकाले निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन उपरको सुनुवाइ टुङ्गो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम प्रत्यर्थीका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ,’– सर्वोच्चको आदेशमा भनिएको छ ।

उक्त मुद्दामा अग्राधिकार दिई सुनुवाईका लागि भदौ १५ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्